arrow

ग्लोबल बैंकबाट प्रदेश सरकारलाई २५ लाख हस्तान्तरण

logo
रासस,
प्रकाशित २०७७ जेठ २१ बुधबार
global-ime-bank1.jpg

भैरहवा। ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा आज प्रदेश नं ५ सरकारलाई २५ लाख सहयोग गरेको छ। बैंकको प्रदेश नं ५ को कार्यालयले उक्त रकम सहयोग गरेको हो।

बैंकको प्रदेश नं ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे।  सो अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक क्षेत्रमा बैंकको सहयोगको निरन्तरताको अपेक्षा गरे।  बैंकका भैरहवा शाखा प्रमुख प्रेमसागर अग्रहरीले बैंकको योगदानबाट भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास व्यक्त गरे।

आफ्नो स्थापनाकालदेखि विपत्तिका अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकको प्रदेश कार्यालयले जनाएको छ। कोभिड –१९ विरुद्धको अभियानमा प्रदेश नं ५ सरकारलाई २५ लाख सहयोग गरेको बैंकले एक करोड १५ लाख केन्द्र सरकारलाई यसअघि नै  हस्तान्तरण गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ