arrow

ट्रेड युनियन नुवाकोटद्वारा बेलकोटगढिका स्वास्थ्यकर्मीलाई पिपिई

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
trade-union-nuwakot.jpg

बिदुर। नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले बेलकोटगढी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएको छ। बुधबार नगरपालिकाको कार्यालय बाघखोरमा युनियनका जिल्ला अध्यक्ष शिव देबकोटाले नगर उपप्रमुख कबिता ढुँगानाको रोहवरमा स्वास्थ्य संयोजक सत्येन्द्र शाहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको सहयोगमा प्राप्त ५ थान पिपिई हस्तान्तरण गरेका हुन।

त्यसक्रममा नगर उपप्रमुख ढुँगानाले ट्रेड युनियनले उपलब्ध गराएको सामग्रीबाट स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने धारणा ब्यक्त गरिन।

ट्रेड युनियन नुवाकोटले यसअघि लिखु र सुर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पिपिई तथा बाहिरि जिल्ला बाट नुवाकोट आई श्रम गरिरहेका एकसय ५० भन्दा बढी श्रमिकलाई राहत उपलब्ध गराईसकेको युनियनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ