arrow

बिहीबारदेखि लकडाउन अवज्ञा गर्दै व्यवसाय खुल्दै

logo
प्रकाशित २०७७ जेठ २२ बिहिबार
market-1.jpeg

काठमाडौं । लकडाउनका कारण आफ्नो जनजिविका नै डामाडोल भएको भन्दै उद्योगी व्यवसायीहरु छट्पटाइरहेका छन् । उनीहरुले सोही कारण सरकारले लगाएको लकडाउनलाई बिहीबारदेखि थप अवज्ञा गर्ने घोषणा गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले नै लकडाउन उल्लंघन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । पछिल्ला केहीदिन देखि विभिन्न ठाउँमा सानो सानो मात्रामा अवज्ञा गर्दै आइरहेका व्यवसायीहरुले बिहीबारदेखि भने ठूलो मात्रामा अवज्ञा गर्ने बताएका हुन् । 

महासंघका उपाध्यक्ष किशोर प्रधानले देशभरका पसलहरु खोल्न आह्वान गरेका छन् । उनले पसलहरु खोल्ने क्रममा प्रहरीसँग झडप हुने संभावना रहेकाले व्यवसायीहरुको तर्फवाट पनि तयारी गरिएको जानकारी दिएका छन् । 

यसअघि काठमाडौं उपत्यका लगायतका पसलहरु खोल्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसैगरी विराटनगरमा पसलहरु पूरै संचालन गर्ने निर्णय भएको छ । शैलुन लगायतका अत्यावश्यक नपर्ने पसल भने खुल्ने छैनन् । 

सरकारले व्यवसायीका लागि कुनै योजना नल्याएको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन् । सरकारले कर तत्काल तिर्न निर्देशन दिएको छ । 

पहिले जेठ २५ भित्रको समय दिएकामा अहिले असार ७ सम्म पुर्याएको छ । तर चैत ११ देखि भएको लकडाउनका कारण साना व्यवसायीले कर तिर्न समेत नसक्ने विश्लेषण भइरहेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ