arrow

गृहमन्त्रीको आदेश भन्दै पत्रकार सुनार र विकलाई जाजरकोट जान रोकियो

पत्रकारद्वय ६ जना हत्या भएको सोती काण्डको रिपोर्टीङमा जाँदै थिए

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
khagendra-rambahadur-sunar.gif

सल्यान। गृहमन्त्री राम बहादुर थापा वादलको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको सल्लीवजार रोकिएको हो। 

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विकलाई गृहमन्त्रीको आदेश भन्दै सल्यान प्रहरीले स्थानिय सल्ली वजारमा रोकेको हो। 

सल्लीवजारबाट हाम्राकुरासँग फोनमा कुरा गर्दै सुनारले भने, ‘मास्क खोल्न लगाएर प्रहरीको मोवाइलमा रहेको फोटोसँग अनुहार म्याच गराई रोकियो। हामीसँग गृहमन्त्री र गृहप्रशासन किन यसरी डरायो आश्चर्यमा परेको छु।' 

जाजरकोट जानु अघी कर्णाली प्रदेशका डीआइजी वसन्त पन्तले जानलाई कुनै रोकतोक नभएको बताएपछि त्यसतर्फ हिडेको भएपनि उनकै मातहतका प्रहरीले बाटोमा रोकेको जानकारी गराउँदा फोन अफ गरिएको उनले बताए। 

दुई जनालाई मात्र बिशेष कारण भन्दै रोकिए पनि ३ वटा सवारीमा साधनमा गएका अन्यलाई भने जान दिइएको उनले बताए। केहि मानवअधिकारवादी र पत्रकार त्यसतर्फ गएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ