arrow

प्रदेशमन्त्री कुल प्रसाद केसीको भतिजोले चलाएको सवारीले बालकलाई दियो ठक्कर 

मन्त्रालयको सवारी साधन लिएर मन्त्रीका भतिज गएका थिए दिदी भिनाजु छोड्न

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
kul-prasad-kc-vehicle-hit-b.gif

रोल्पा। लकडाउनको समयमा प्रदेश न. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीको  आफन्त छोड्न रोल्पा गएको उनकै मन्त्रालयको गाडीले एक बालकलाई ठक्कर दिएको छ।

आन्तरीक मामिला तथा कानुन मन्त्री केसीले मन्त्रालय वा सचिवालयका कुनै पनि कर्मचारी पदाधिकारी नराखेर छोरी ज्वाईलाई नीजि प्रयोजनका लागि प्रयोग गर्न दिईएको सवारीले बालकलाई ठक्कर दिएको हो।

आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको दाईका छोरी र ज्वाईलाई लिएर रोल्पा आएको लु १ झ ४१२ नम्बरको गाडिले बुधवार घर्तीगाउँमा १४ बर्षिय बालक नबिन बुढालाई ठक्कर दिएको हो।

बालकलाई ठक्कर दिएको सो घटनाले लकडाउनकै समयमा पनि सरकारी गाडी दुरुपयोगको भएको देखिएको हो।

प्रहरीका अनुसार उक्त गाडिको ठक्करबाट माडी ४ का घाईते बालक नबिनलाई उपचारका लागि बुटवल लगिएको छ । 

मन्त्रीका भतिजो अजेन्द्र केसीले चलाएको उक्त गाडिमा मन्त्रालयका चालक समेत थिएनन्। भारत तथा देशका अन्य स्थानबाट रोल्पा आउनेहरुलाई प्रदेश सरकारले समन्वयको भुमिका समेत नखेलेको अवस्थामा मन्त्रालयको सवारी साधनको दुरुपयोग भइ बालकलाई घाइते समेत बनाएको यो घटनाको रोल्पामा चर्को विरोध भएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ