arrow

गृहमन्त्रीको आदेशमा पत्रकारलाई जाजरकोट–रुकुम प्रवेश दिइएन, दलित पत्रकार संघको आपत्ति 

logo
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
101695647_299628167723188_6.jpg

काठमाडौ । रुकुमको चौरजहारी नरसंहारको अध्ययनको लागि राष्ट्रिय दलित पत्रकार संघ नेपालको मिशन टोली मध्येका दुई सदस्यलाई सरकारले जाजरकोट रुकुम प्रवेशमा बन्देज गरेको घटनाप्रति संघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

संघका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीको नेतृत्वका ९ सदस्यीय मिशन टोली जाजरकोट र रुकुम गएकोमा संघमा केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्मा, कर्णाली प्रदेश कमिटिका अध्यक्ष खगेन्द्र सुनारलाई जेठ २२ गते बिहान सल्यानको सिमाना सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउँमा सल्यानको प्रहरीले जाजरकोट प्रवेशमा रोक लगाएको हो । 

स्थलगत अध्ययनमा गएको पत्रकारको टोलीलाई प्रवेश निषेध गरेकोप्रति संघले घोर भत्सर्ना गरेको छ । 

प्रवेश रोक लगाइएको बारेमा बुझ्दा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले गृहमन्त्रीको आदेशले रोकेको जानकारी दिइएको पत्रकार सुनारले सुनाएको समेत संघले बताएको छ । 

संघले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्रवेशमा रोकको घटनाले स्वतन्त्रपूर्वक हिँड्न पाउने नागरिकको अधिकार कुण्ठितमात्र गरेको छैन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको छ । घटनाको छानबिन र संलग्नलाई कार्वाहीको माग गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ