arrow

कोरोनाबाट थप एकको मृत्यु, २७८ जना नयाँ संक्रमित

logo
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
corona-nepal-health.jpg

काठमाडौं । कोभिड–१९ कोसंक्रमणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको हो । उनको यही जेठ २२ गते मृत्यु भएको हो । 

उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । यस्तै शुक्रबार कोभिड–१९ कोसंक्रमण शुक्रबार एकैदिन २७८ मा देखिएको छ । 

मन्त्रालयका प्रवक्ता डा देवकोटाले शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २६७ पुरुष र ११ महिलामासंक्रमण देखिएको बताए। योसँगै संक्रमितको सङ्ख्या दुई हजार ९१२ पुगेको छ । शुक्रबार थप तीन जिल्लामासंक्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उनका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या ३३३ पुगेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ