arrow

नेपालमा थप दुईको मृत्यु, ३२३ सङ्क्रमित थपिए

logo
प्रकाशित २०७७ जेठ २४ शनिबार
corona-nepal-health.jpg

काठमाडौं। कोभिड–१९ का कारणले आज थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले डोल्पा र कैलालीमा एक-एक जनाको कोभिड–१९ का कारणले मृत्यु भएको जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नं ४ कि ५५ वर्षीया महिला र डोल्पा जगदुल्लाका ५८ वर्षका पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको हो। महिलाको डायलासिस गर्दागर्दै यही जेठ २३ गते र पुरुषको जेठ २१ गते राति मृत्यु भएको थियो।

सेती प्रादेशिक अस्पतालमा मिर्गौलाको डायलासिस गराउन आएकी महिलाको मृत्यु भएको थियो। महिलाको सेती प्रादेशिक प्रयोगशाला र पुरुषको कर्णाली विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो।

पुरुष सुर्खेतबाट जेठ १६ गते गएर जेठ १८ गते क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा बसेका बेला उनको निधन भएको थियो। पुरुष दमका बिरामी रहेका थिए। कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि कर्णाली विज्ञान प्रतिष्ठानबाट टोली गइरहेको छ। अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज थप ३२३ जनामा सङ्क्रमण भएको पृष्टि गरे। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८६ पुरुष र ३७ महिलामा सङ्क्रमण भएको पृष्टि गरे। आज थपिएकासँगै कूल सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ पुगेको छ। तीमध्ये पुरुष तीन हजार तीन र महिला २३२ रहेका छन्। आज नयाँ भेटिएका सङ्क्रमित जाजरकोट र डोल्पाका पनि रहेका छन्। यसरी सङ्क्रमित जिल्ला ७० पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ