arrow

'यो मन त मेरो नेपाली हो' भन्दै हिमानी नाचिन, सामाजिक संजालमा भाइरल

छोरीहरुसँग दिदीबहिनी जस्तै देखिइन हिमानी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ २६ सोमबार
himani-shah-daughters.jpg

काठमाडौं। पूर्व युवराज्ञी हिमानी शाह यतिबेला सामाजिक संजालमा भाइरल भइरहेकी छिन्। उनले टिकटकमार्फत ‘यो मन त मेरो नेपाली हो’ भन्ने गीतमा नाचेर सबैको मन खिचेकी छिन्।

उनी आफ्नी दुई छोरीहरु पूर्णिका र कृतिकासंग तालमा ताल मिलाएर नाचेकी छिन्। पूर्व युवराज्ञीले नेपाली गीतलाई गरेको मायाप्रति धेरै जना नतमस्तक भएका छन्। सामाजिक संजालमा उनलाई छोरीहरुसँग दिदीबहिाी झै देखिएको समेत बताएका छन्।

सोमबार अपलोड गरिएका दुई भिडियो निकै कम समयमै सयौंको संख्यामा सेयर भएका छन्। उत्तिकै कमेन्ट र त्यो भन्दा कयौं गुणा बढी भिडियोलाई लाइक गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ