arrow

कांग्रेस नेता डा चन्द्र भण्डारीलाई पित्रृशोक 

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
chandra-bhandari-father.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा चन्द्र भण्डारीलाई पितृशोक परेको छ । डा भण्डारीका बुबा ईश्वरीप्रसाद भण्डारीको निधन भएको हो । 

उनको ८७ वर्षको उमेरमा आफ्नै निवास प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटबलमा भएको हो । 

दमका रोगी उनको सोमबार राति १ बजे आफ्नै निवासमा निधन भएको हो । 

नेता डा चन्द्र भण्डारीका दुई आमाहरु हरिकला र हरिकला रहेका छन् । त्यसैगरी उनीसहित पाँच दाजुभाइ रहेका छन् ।

मिन, चन्द्र, देवि, हरिहर र सह प्राडा शंकर भाइहरु हुन् । एक भाइ फणिन्द्रको केही वर्षअघि निधन भएको थियो । मृतक भण्डारीकी एक छोरी लक्ष्मी छिन् । 

अन्तिम दाहसंकार मंगलबार दिउँसो २ बजे गुल्मीको रिडीमा हुने पारिवारिक स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ