arrow

सरिता गिरीलाई कारवाही गर्न माग

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
Sarita-Giri.jpg

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले संघीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ ।  संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै संघीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति दिएको भन्दै कारवाहीको माग गरेका छन्  ।
  
“संविधानको संरक्षण र पालना गर्ने सपथ खानुभएका सांसद गिरीले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्ध संसद्मा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयंले च्यूत गर्नुभएको हाम्रो सङ्गठनको ठहर रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

संघले गिरीजस्तो गैरजिम्मेवार व्यक्तिलाई संसद् सदस्यबाट अविलम्ब फिर्ता बोलाउनसमेत उनको पार्टीलाई अनुरोध गरेको छ । संघले सांसद गिरीको संघीय संसद् सचिवालय र जनता समाजवादी पार्टीले एक हप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए आफ्नो सङ्गठनले गम्भीरतापूर्वक लिने विज्ञप्तिमा उल्लेख छ ।
 
यस्तै युवासंघले रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाकोे निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीउपर कारवाही गर्नसमेत माग गरेको छ । यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणमा अस्पतालको असंवेदनशीलता र राज्यको उत्तरदायित्वमाथि प्रश्न उठेको संघले जनाएको छ । संघले अस्पताल प्रशासनमाथि छानबिन गर्न र आउजीको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ