अन्नपूर्ण पोष्टको सम्पादकबाट हरि बहादुर थापाले दिए राजिनामा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २८ बुधबार
680
Shares
काठमाडौं। अन्नपूर्ण पोष्ट दैनिकबाट सम्पादक हरि बहादुर थापाले राजिनामा दिएका छन्। अन्नपूर्ण दैनिक स्रोतका अनुसार प्रकाशक क्याप्टेन रामेश्वर थापालाई उनले राजिनामा दिएका छन्। सम्भवत औपचारीक रुपमै बुधवारबाटै थापाको राजीनामा घोषणा हुनेछ।
जिल्लामा काम गर्ने पत्रकारहरुलाई फागुन महिनाबाट तलब नदिइएको केन्द्रमा काम गर्ने पत्रकारहरुलाई पनि आधा तलबमा काम गर्न व्यवस्थापनले दवाव दिइएपछि थापाले त्यसको विरोध गर्दै आएको स्रोत बताउँछ।व्यवस्थापनसँग मत बाँझिदै गएपछि सम्पादक थापाले प्रकाशकलाई राजिनामा बुझाएका हुन्।
कोरोना महामारीको कारण मिडियाहरुमा पत्रकार र कर्मचारीहरुमा व्यापक कटौती, फोर्स लिभ, तलब घटाउने र समयमा तलब नदिने कार्य भइरहँदा सम्पादक तहकै राजिनामा आएको यो पहिलो घटना हो। यसले पनि नेपाली मिडियामा कोरोना प्रभावको कुरुप रुप देखाएको छ।