arrow

छिमेक लघुवित्तको बचत तथा ऋणको किस्ता इसेवाबाट भुक्तानी गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७७ जेठ २८ बुधबार
esewa-agreement.jpg

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो किस्ता तथा बचत इसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्। विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको इसेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिने गरी सेवा सुरू गरेको जनाएको छ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरे।

इसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्ने बताइएको छ। यो सँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नु पर्ने समयको झन्झट सकिएको छ साथै समय बचत हुने समेत बताइएको छ।

लघुवित्तको अनलाइन भुक्तानीबारे इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘ग्रामिण क्षेत्रमा रहेका लघु उद्यमीहरूलाई लघुवित्त संस्थाहरूले निकै राम्रो सेवा दिइरहेको छ। यस्तो अवस्थामा लघुउद्यमीहरूमा पनि डिजिटल भुक्तानीको सुविधा अत्यावश्यक थियो। हाम्रो सहकार्यले अब लघुउद्यमीहरूलाई अनलाइनबाट भुक्तानी गर्न सहज बनाउनेछ र उहाँहरूले घरबाटै बचत गर्न तथा किस्ता तिर्न सक्नुहुनेछ। ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ