arrow

तरुण दलले प्रधानमन्त्री र सभामुखलाई सोध्यो, ' राष्ट्रहित बिरुद्ध बोल्ने सरिता गिरिलाई किन कार्वाही नगरेको?'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २८ बुधबार
jitjung-basnet-tarun1.jpg

काठमाडौं। संघीय सांसद सरिता गिरीले आफनो पदीय मर्यादा विपरीत नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्तिप्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ती निकाली सांसद गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको जनाएका छन्।

ईतिहासदेखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने बस्नेतले स्पष्ट गरेका छन्। 

सांसद सरिता गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा समेत विवादास्पद अभिव्यक्ति दिएकोतर्फ समेत नेपाल तरुण दलको ध्यानाकर्षण भएको बस्नेतले जनाएका छन्।

राष्ट्रियताको विषयमा तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकी सांसद गिरीलाई संसद पदबाट निलम्बन गरि हदैसम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु मौन बस्नु नेपाल तरुण दललाई असह्य भएको बस्नेतले बताएका छन्।तरुण दलले राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गरेको छ।

अतिक्रमित भूमि नेपालको नक्सामा समावेश गरी निशान छाप सच्याउनका लागि आवश्यक संविधान संशोधन गर्नुपर्ने भएको हुनाले त्यसका लागि नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यसमितिको बैठक बसी संविधान संशोधनको पक्षमा मतदान गर्ने संस्थागत निर्णय गरेको यहाँहरु सम्पूर्णमा सर्वबिदितै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ