arrow

कांग्रेसले स्वदेश र विदेशबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउने

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
nc-party-office.png

काठमाडौं । नेपाली कांग्रेसले  कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने भएको छ ।

असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बुधबार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन कांग्रेसले ध्यानाकर्षण पत्र बुझाएको हो । 

विज्ञप्ति
नेपाल लगायत पूरै विश्व अहिले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित र प्रताडित छ । कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा यो महामारीको जोखिम अप्रत्याशित रुपमा तिव्र गतिमा बढ्दै जाने सम्भावना देखिन्छ ।

लक डाउन भएको ८० औं दिनसम्म पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बन्दै जानु, विपन्न नागरिक र श्रम गरेर जीविकोपार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युवरण गरिसकेको र यो अवस्था भयावह हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहनु, भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृभूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नु, दिनानुदिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुर्नउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, रोजगारी सिर्जनाको लागि खासै योजना, नीति तथा कार्यक्रम नल्याइनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु, लकडाउनको कारण स्कूल कलेज बन्द भई विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौल भएको बेला गम्भीर रुपमा राष्ट्रिय विमर्शका साथ ठोस दृष्टिकोण र आवश्यक कार्ययोजना निर्माण गर्न सरकार असफल हुनु, देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुले वर्तमान सरकार असक्षम र गैर जिम्मेवार बन्दै पूर्ण असफल भएको छ ।

अतः कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम पार्टीका नेता श्री रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको छ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

१. नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
२. नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्य मन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्य मन्त्री मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
३. नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
४. विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ