arrow

बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
quranine.jpg


बैतडी । भारत तथा तेस्रो मुलुकबाट फर्केर यहाँ हालसम्म नौ हजार ५०० बढी व्यक्ति क्वारेन्टिनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म नौ हजार ५२१ जना क्वारेन्टिनमा बसिसकेका हुन् ।
  
सोमध्ये चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । हाल क्वारेन्टिनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उहाँले बताउनुभयो । उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षणपश्चात घर पठाइने जनाइएको छ ।  क्वारेन्टिनको १४ दिन बसाइ पछि भने पाँच हजार ३७१ जना घर फर्किसकेका छन् ।  

यसैबीच जिल्लामा हालसम्म छ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको छ । सोमा छ हजार ३८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा आरडीटी गरिएका मध्ये पाँच हजार ८५५ जनाको नेगेटिभ र ५२९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ देखिएकाको रिपोर्ट आउन बाँकी रहेको छ । 

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ । जिल्लाका सबै स्थानीय तहमा गरेर १९६ स्थानमा छ हजार २३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन् ।  बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टिनमा राख्न शुरु गरिएको थियो ।

भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापनमा चुनौती देखिएको छ । १४ दिनको क्वारेन्टिन बसाइपछि आरडीटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ । पोजेटिभ आए पीसीआर परीक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पीसीआर परीक्षण गरिने भएकाले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइन बसाइ लम्बिने गरेको छ । नमूना पठाएको एक हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ