arrow

भ्रष्टाचार गर्न बाहेक सरकार सबै कुरामा असफलः डा शशांक कोइराला 

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भ्रष्टाचार गर्न बाहेक केपी शर्मा ओली नेतृत्वको सरकार सबै कुरामा असफल भएको बताएका छन् । 

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले गरेको डिजिटल संवाद कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारले पैसा आउने कुरा केहि देख्नै नहुने बताए । 

उनले भने, ‘१२ देखि १५ रुपैयाँको मास्कलाई ५५ रुपैयाँ लिइएको छ । कोरोनाको उपचार र अन्य तयारीमा खर्च भएको भनिएको दश अरब रुपैयाँको व्यापक दुरुपयोग गरेको बताए ।
  
कोइरालाले कोरोनाकालमै विदेशबाट फर्केकालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा समेत सरकार पूर्णतः असफल भएको उदाहरण पेश गरेका थिए । 

कोइरालाले भने, ‘क्वारेन्टाइन अस्तव्यस्त छ । पैसा प्रशस्त भएर पनि सरकारले व्यवस्थित ढंगले खर्च गरेको छैन । पैसा भए पनि विचार पनि छैन । इच्छाशक्ति पनि छैन।’

महाधिवेशनको सन्दर्भमा कुरा राख्दै कोइरालाले कोरोनाबाट मुक्त भएपछि सल्लाह गरेर महाधिवेशनको तयारी गर्ने बताए ।

उनले नयाँ परिस्थितिमा एकिकृत भएर महाधिवेशनमा जानुपर्ने र सशक्त पार्टी बनाउन एकताबद्ध भएर जानुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ