arrow

प्राध्यापकको बौद्धिक शोषण अन्त्य गर्न प्रजातन्त्रबादी प्राध्यापक संघको माग 

logo
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
Nepal-democrat-professor-Union.jpg.jpeg

काठमाडौं । प्रजातन्त्रबादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकका समस्या समाधान गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालयले सयौँ प्राध्यापकलाई बर्षौदेखि ज्यालादारीमा काम लगाएर बौद्धिक श्रम गरिरहेको र यो अवस्था लकडाउनका कारण झनै  जटिल बन्दै गएको भन्दै यसअघि सरकारले गरेको निर्णय कार्यान्वयन गरि यो समस्या समाधान गर्न संघका अध्यक्ष जगत तिमल्सिना र महासचिव राजेन्द्र गौतमले विज्ञप्ति निकालेर माग गरेका हुन् । 

कोरोना भाइरसका कारण लामो समयदेखि पठनपाठन बन्द रहेको अवस्थामा आंशिक प्राध्यापकलाई झनै मर्का परेको र सांसदहरुले संसदमा पनि यो विषयमा पटकपटक उठाइरहेको स्मरण गर्दै यो विषय तत्काल समाधान गर्नुपर्ने संघको माग छ । 

संघले कोरोनाको महामारीका कारण अध्ययन अध्यापन हुन नसकेको समयमा आंशिक प्राध्यापकलाई मासिक २० हजार रुपैयाका दरले शैक्षिक भत्ता उपलब्ध गराउन पनि प्रजातन्त्रवादी प्राध्यापक संघले माग गरेको छ । 

त्रिविले १४ बर्षदेखि ज्यालादारीमा बौद्धिक शोषण गरिरहेकाले आफुहरुलाई मासिक तलब दिने गरि करार नगरेसम्म काममा नफर्किने आंशिक प्राध्यापक संघका अध्यक्ष डाक्टर महेश गजुरेलले बताए । 

नेपाल सरकारले २०७४ साल मंसिर ८ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा त्रिभुवन विश्वविद्यालयमा १४ सय ४० वटा दरबन्दि थप गर्ने र आंशिक प्राध्यापकलाइृ करार गर्ने निर्णय गरेपनि त्यो कार्यान्वयन नभएपछि त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक आन्दोलन गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ