arrow

वीपी कोइराला प्रतिष्ठानले किसानहरुलाई दियो कृषि औजार

logo
रामचन्द्र विक
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
krishi-samagri-handover.jpg

रामेछाप। कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मारमा परेका किसानलाई रामेछाप वीपी कोइराला प्रतिष्ठानले कृषि औजार उपलब्ध गराएको छ । प्रतिष्ठानले शुक्रबार एक सय बढी किसानलाई कृषि औजर उपलब्ध गराएको हो ।

‘बनाऔं कृषिमय परिवेश, बन्छ आत्मनिर्भर देश’ भन्ने नाराका साथ महामारी पछि देशमा भोकमारी आउन सक्ने भन्दै आसन्न खाद्य संकटलाई हामी आफैले टार्नु पर्छ भन्ने ध्येयले कृषि औजर वितरण गरिएको प्रतिष्ठानका महासचिव रत्नहरी ढुंगेलले जानकारी दिए । उनका अनुसार किसानहरुलाई हलो, कोदालो, कोदाली, पिक, साबेल, ठेकी मदानी,  दुध दुहुने बाल्टिन, हँसिया लगायतका सामग्री वितरण गरिएको छ।

वितरण समारोहमा ‘जारी लकडाउनका कारण विउविजन, रासायनिक मल र कृषि औजारको समेत अभाव झेली रहेका किसानहरु राज्यको प्राथमिकतामा नपर्नु दुखद पक्ष भएको नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेल बताए ।’ 

किसानहरुलाई खाना भन्दा खजनाको आवश्यकता बढी हुने गर्दछ । त्यसैले हामीले राहात स्वरुप खाद्यान्न हैनकी खाद्यन्न उत्पादनका लागि आवश्यक औजर हस्तान्तरण गरेका छौं, ‘प्रतिष्ठानका अध्यक्ष रामकृष्ण खड्काले बताए।

कृषि औजर हातमा समाउँदै मन्थली–७ भटौलीका कृषक खेम माझीले भने, ‘मेरो खेतबारी प्रशस्त छैन, तै पनि ज्याला मजदुरी गरेर पेट पाल्न काम लाग्छ ।’

सिमान्तकृत माझी समुदाय, दलित तथा विपन्न वर्गका किसानहरुलाई कृषि औजर वितरण गरेको प्रतिष्ठानले नेपाल पत्रकार महासंघ रामेछापलाई पनि एक सय थान नोजेबल फिल्टर माक्स हस्तान्तरण गरेको थियो । 

मन्थलीको वीपीचोकमा वितरण गरिएको कृषि औजरसहित किसानहरुले देबकोटाचोकसम्म शान्तिपूर्ण र्‍याली गरेका थिए ।

कुल ग्राहस्थ उत्पादनको झण्डै ३० प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्रको उत्पादन बढाउन राज्यले आवश्यक पहलकदमी नलिने हो भने देशको अर्थतन्त्र झन डामाडोल नहोला भन्न सकिन्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ