arrow

यूवाहरुको प्रदर्शनमा ‘सरकार समर्थक गुण्डाहरु’द्वारा सांघातिक आक्रमणको धम्की

पत्रकार कशिसदास श्रेष्ठलाई ज्यान लिने धम्की सहित अश्लिल गाली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
threat-kashis.jpg

काठमाडौं। सरकारको जवाफदेहिता खोज्दै यूवाहरुले शुरु गरेको गरेको प्रदर्शनसँग डराएकाहरुले यसका समर्थकहरुलाई सांघातिक आक्रमण गर्ने धम्की दिएका छन्। 

पूर्वनिर्धारित कार्य्रकम अनुसार माइतीघर मण्डलामा हुन लागेको स्वतस्फूर्त प्रदर्शनलाई प्रभावित पार्ने गरि आक्रमणको धम्की दिइएको छ। 

सरकार समर्थकहरुका तर्फबाट प्रदर्शनका समर्थकहरुलाई धम्की दिइएको हो। उनीहरुले आफ्ना मान्छे परिचालन गरि सांघातिक आक्रमणको समेत धम्की दिएका हुन्। 

यस्तै धम्की वातावरण क्षेत्रमा कलम चलाउने पत्रकार तथा सामाजिक कार्यकर्ता कशिसदास श्रेष्ठलाई समेत दिइएको छ।

श्रेष्ठलाई इन्स्टाग्राम मार्फत धम्की दिइएको उनले आफ्नो ट्वीटर ह्याण्डलमा सार्वजनिक गरेका छन्।  
आफूलाई छुरी हान्ने भनेर धम्की दिइएका ति प्रदर्शन बिरोधी गुण्डाहरु को हुन भन्दै उनले नेपाल प्रहरी र सम्वन्धित निकायहरुमा प्रश्न समेत गरेका छन्। 

अमेरिकामा गएका समय कोरोना महामारी फैलिएका कारण उतै रहँदै आएका श्रेष्ठलाई उनीहरुले नेपाल बाहिर रहेका कारण बचिस भनेर समेत भनेका छन्। 

सरकार बिरोधी प्रदर्शन बढ्दै जाँदा सरकार समर्थकहरुले आफहरुलाई धम्कयाउने तर्साउने काम समेत बढ्दै गएको प्रदर्शनको पक्षधरहरुले बताएका छन्। 

अश्लिल गालीले भरिएको धम्किपूर्ण मेसेज पाएपछि श्रेष्ठले सो मेसेजको स्क्रीनसट सहित टवीट राखेर विभिन्न अधिकारवादी संस्थाहरु र संयुक्त राष्ट्रसंघीय निकायहरुको पनि ध्यानाकर्षण गराएका छन्।

श्रेष्ठले आफट्ठू अमेरिकामा सुरक्षित रहेपनि प्रदर्शनमा आउनेहरुको सुरक्षाको लागि नेपाल प्रहरीले व्यवस्था मजबुद बनाउन माग समेत गरेका छन्। 

संसदमा शनिवार संविधान संसोधन प्रस्ताव पारीत हुँदैछ। शनिवार नै सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै जारी प्रदर्शन माइतीघर केन्द्रीत हुँदै छ।   

माइतीघरको प्रदर्शन काउन सरकारले प्रयास गरेपनि प्रदर्शनकारीहरुले गर्ने बताएपछि यो धम्कीपूर्ण मेसेज विभिन्न व्यक्तिहरुलाई दिइएको एक प्रदर्शनकारीले बताए। यस्तो मेसेज अरुलाई पनि गएको हुनसक्ने बताइएको छ।

प्रदर्शनकारीहरुले शान्तपूर्ण प्रदर्शन गर्ने र अराजकता फैलाउने सरकारी गुण्डाहरु वरिपरि नै हुनसक्ने भन्दै त्यस्तालाई निगरानी गर्दै बच्न सबै प्रदर्शनकारीहरुलाई आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ