arrow

नेपालमा थप २७३ जनामा कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ जेठ ३१ शनिबार
corona-brefing-mohp.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित भएकामा २४७ पुरुष र ३६ महिला रहेका छन्। हालसम्म कूल सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो।

यही जेठ २८ गते पर्सामा एक पुरुषको शव भेटिएको थियो। नारायणी अस्पताल वीरगञ्जमा शव परीक्षणका क्रममा स्वाब सङ्कलन गरिएको र सोही अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको डा गौतमले जानकारी दिए।

यस्तै डिस्चार्ज हुनेको सङ्ख्या भने ३६ पुगेको छ। हालसम्म ९१३ जना डिस्चार्ज भएका छन्। त्यसमा ८२२ पुरुष र ९१ महिला रहेका छन्। निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । निमोनिया भएका ती बालकको आरडिटी र पिसिआर दुवै परीक्षण गर्दा दुवैमा पोजेटिभ देखिएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार ६६१ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म पिसिआर परीक्षण गर्नेको सङ्ख्या कूल एक लाख २७ हजार २८८ पुगेको छ। यस्तै आरडिटी परीक्षणको सङ्ख्या एक लाख ९० हजार ५८२ पुगेको छ । पछिल्लो २४ घण्टामा आरडिटी परीक्षण मात्रै दुई हजार ५२० को गरिएको छ। यस्तै मोबाइल एप र मन्त्रालयको बेवसाइटमा भरिएको विवरणका आधारमा रेड जोनमा पर्नेको सङ्ख्या आज थप दुई गरी ४९७ पुगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ