arrow

श्रीमान्‌सँगै क्वारेन्टाइनमा रहेकी महिलाले जन्माइन् छोरा

logo
प्रकाशित २०७७ असार १ सोमबार
birth.jpg

वाग्लुङ । जिल्लाको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन्।

 निसीखोला गाउँपालिका–५ निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २१ वर्षीया रैमती विकले सोमबार छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताए ।  

बाह्र दिनदेखि क्वारेन्टाइनमा रहेकी युवतीले छोरालाई जन्म दिएकी हुन् । सुत्केरीका  श्रीमान्समेत क्वारेन्टाइनमा रहेका छन्।

 भारतको पञ्जावबाट आएका श्रीमान् श्रीमती गत जेठ २९ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि रिपोर्ट आएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ