arrow

प्रधानमन्त्रीलाई कांग्रेस नवलपरासी पश्चिमबाट ज्ञापन पत्र

logo
प्रकाशित २०७७ असार २ मंगलबार
bigyapti1.jpg

नवलपरासीं। नेपाली कांग्रेस नवलपरासी पश्चिमले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र पठाएको छ । पार्टीका जिल्ला सभापति बिष्णु प्रसाद पौडेलको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी सागर माणी पाठक मार्फत प्रधानमन्त्री समक्ष सो ज्ञापन पत्र पठाएको हो ।

कांग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जिल्ला सभपाति बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

ज्ञापन पत्र बुझाउन पार्टीका सभापति पौडेल सहित सहसभापति सुबास चन्द्र गिरी , प्रदेश सांसद बैजनाथ जयसवाल रामग्राम नगरपालिका का उप प्रमुख रम्भा कुवर लगायतको सहभागीता रहेको थियो । त्यस्तै रामचन्द्र पौडेल पक्षले पनि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकलाई ज्ञापनपत्र बुझाएको छ । 

कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेलले ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाउने कार्यक्रममा कार्यवाहक सभापति अर्जुन पोखरेल, संविधान सभा सदस्य बिक्रम खनाल, देवकरण कलवार सन्तु, भिम बहादुर थापा क्षेत्री लगायतको सहभागीता थियोे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट मंगलबार एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ