arrow

स्वास्थ्यकर्मी संक्रमित भएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द

logo
प्रकाशित २०७७ असार २ मंगलबार
covid-test-positive-corona.jpg

नारायणपुर । घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी संक्रमित भएपछि कार्यालय बन्द गरिएको छ ।  स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३  नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी ए । त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी संक्रमित भएका थिए । 

त्यसैगरी वडा नं २ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ । बुधबारदेखि संक्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का संक्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने  उपमहानगरपालिकाका प्रमुख चौधरीले जानकारी दिए ।

  घोराही –१७ का १७  र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ