arrow

लकडाउनमा मेची बहुमुखी क्याम्पसका प्रमुखले निकाले ३९ शिक्षक तथा कर्मचारी

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ असार २ मंगलबार
mahendra-campus.jpg

झापा । लकडाउनको चरम मारमा परेका शिक्षक तथा कर्मचारीहरुलाई  आहत दिने गरि झापा जिल्ला स्थित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरका शिक्षक तथा कर्मचारीहरुको जागिर खोसिएको छ। क्याम्पस प्रमुख जीवन पोखरेलले उक्त क्याम्पसमा कार्यरत ३९ जना शिक्षक तथा कर्मचारीहरुको जागिर खोसेका हुन्।

बामपन्थी प्राध्यापकहरूको संगठन प्रगतिशील प्राध्यापक संघका प्रतिनिधि समेत रहेका क्याम्पस प्रमुख पोखरेलले सो क्याम्पसमा कार्यरत  ३९ जना शिक्षक तथा कर्मचारीहरुको रोजीरोटीप्रति समस्या सिर्जना गर्ने काम गरेका छ्न । क्याम्पस प्रमुख  पोखरेल शिक्षक तथा कर्मचारीप्रति अनुदार भएकाले आफूहरूको रोजीरोटी संकटमा परेको  पीडितहरूको गुनासो छ ।

 यश कदमबाट  ३३ जना शिक्षक तथा ६ जना कर्मचारीहरु मारमा परेका छन्। सरकारको आदेश विपरीत क्याम्पस प्रशासनले करार शिक्षक तथा कर्मचारीलाई यस्तो कठोर व्यवहार गरेको पाइएको छ । सरकारले लकडाउन  भएको अवस्थामा कर्मचारी तथा मजदुरहरुलाई पारिश्रमिक दिन निर्देशन दिए पनि झापाको भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसको कार्यकारिणी समितिले सरकारको आदेश विपरीत उक्त कठोर  निर्णय गरेको हो।

क्याम्पस कार्यसमितिले गत  जेठ २७ गते आन्तरिक स्रोतबाट करारमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीहरुको तलब नदिने निर्णय गरेको थियो । उक्त निर्णयले मेची क्याम्पसमा कार्यरत करिब ४० जना शिक्षक तथा कर्मचारीहरु  प्रभावित भएका छन्।

कार्यसमितिले करार अवधि थप्ने निर्णय गरेपनि बन्दाबन्दी  खुलेपछि क्याम्पस सञ्चालन भएसँगै सोही अवधिबाट तलब दिने  निर्णय गरेको नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ मेची बहुमुखी क्याम्पसका अध्यक्ष नेत्र प्रसाद नेपालले बताए।

 उक्त क्याम्पसमा १४ जना शिक्षकहरुको जेठ २ गते करार अवधि सकिएको छ।परिस्थिति सहज भएको अवस्थामा  जतिसुकै बेला पनि करार अवधि थपिने गरिएपनि असहज परिस्थितिमा यस्तो कदम उठाउनु शिक्षकहरु प्रतिको बौद्धिक सोसण गरिएको पीडित मध्येका  एक  शिक्षक गायत्री सुवेदीले  बताइन्।

उनले भनिन्, ‘यो अवस्थामा क्याम्पस प्रशासनले हामीलाई अन्याय गरेको छ।’

उनीहरूप्रति गरिएको व्यवहारप्रति प्रजातान्त्रिक प्राध्यापकहरूले आपत्ति जनाएका छन् भने प्रगतिशील प्राध्यापकहरूले भने क्याम्पस प्रशासनको बचाउगर्दै आएको छ।  क्याम्पस प्रमुख पोखरेल प्रगतिशील प्राध्यापकका प्रतिनिधि हुन्। मेची बहुमुखी क्याम्पस आन्तरिक स्रोत पनि मजबुद भएको र  क्याम्पसको नाममा सयौं विगाहा जमिन झापामै रहदा अहिलेको संकटको घडीमा क्याम्पस प्रशासनले अन्यायपूर्ण तरिकाले अस्थायी तथा करारमा रहेका शिक्षक तथा कर्मचारीको रोजीरोटी खोस्ने काम गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ