arrow

सिद्धवावामा जिप खस्यो: २ जना गम्भिर, ४ घाईते 

logo
नारायण वली,
प्रकाशित २०७७ असार २ मंगलबार
siddha.jpg

रुपन्देही । बुटवल–पाल्पा सडकखण्ड अन्र्तगत सिद्धवावामा मंगलवार (आज) जीप खसेको छ । पाल्पावाट बुटवल तर्फ आउँदै गरेको प्रदेश– ३–०१२२ च ४५२२ नम्वरको ईसुजु जीप अपरान्ह सवा ४ वजे खसेको प्रहरीले जनाएको छ ।

सडकबाट करिव १ सय मिटर तल खसेको जीपमा सवार ६ जना रहेको वताईएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ दोभानबाट बुटवल तर्फ आउँदै गर्दा उक्त जीप दुर्घटना परेको छ । जीप दुर्घटनामा दया पाण्डे, वालकृष्ण वस्याल, शिव पाण्डे, नन्दु वस्याल, विनोद वस्याल र कृष्ण वस्याल रहेको प्रदेश नं.५ प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिएका छन् ।

दुर्घटनामा सवार ६ जना मध्ये २ जनाको अवस्था गम्भिर रहेको र अन्य ४ जनाको अवस्था मध्यम रहेको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पाण्डेले जनाएका छन् । घाईतेहरुको उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार थालिएको छ । जीप दुर्घटना के कारण भएको हो भन्ने वारे अनुसन्धान भैरहेको प्रदेश ट्राफिक कार्यालय बुटवलले वताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ