arrow

कति पुगे संक्रमित ?

logo
प्रकाशित २०७७ असार २ मंगलबार
corona-brefing-mohp.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण मंगलबार ३८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५२ पुरुष र महिला २८ जनामा संक्रमण देखिएको बताए ।

नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या ६ हजार ५९१ जना पुगेको छ । तीमध्ये ६ हजार ९२  पुरुष र ४९९ महिला  छन् । 

११७ डिस्चार्ज
कोभिड १९ को संक्रमणबाट ११७ जना निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन् । 

यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन् । 

देशभर हालसम्म एक लाख ४३  हजार ७३८ पीसीआर र  दुई लाख २३  हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको  छ ।  देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ र आइसोलशनमा ५ हजार ५३१ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ