arrow

सिद्धबाबा दुर्घटना : घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

logo
प्रकाशित २०७७ असार २ मंगलबार
siddha.jpg

बुटवल । तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा घाइते भएका पाँच जनालाई काठमाडौँ सिफारिश गरिएको छ । दुर्घटनामा घाइते भएका छ जनामध्ये पाँच जनाको स्वास्थ्यावस्था गम्भीर रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल र बालकृष्ण बस्याललाई काठमाडौँ सिफारिश गरिएको छ भने कृष्ण बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । घाइतेको उमेर अन्दाजी ३५ देखि ४५ वर्ष रहेको जनाइएको छ ।

प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२ च ४५२२ नम्बरको डबल क्याप जीप सडकबाट तिनाउ नदीमा खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ