arrow

नेपालको आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुन्छ– डा मिनेन्द्र रिजाल

logo
प्रकाशित २०७७ असार ३ बुधबार
103861633_1106075983081366_.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण यस आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धि दर एक प्रतिशत भन्दा पनि कम हुने नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजित ‘नेपालको अबको अर्थतन्त्र र भूराजनीति’ बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । उनका अनुसार अहिलेको सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न ठूलो चुनौती रहेको छ ।

‘राजश्वको लक्ष्य पूरा हुने देखिदैन, वैदेशिक ऋण तथा अनुदान सोचेअनुरुप ल्याउन सजिलो छैन । अबको दिनको खर्चको आकार बढेर देशले धान्न नै नसक्ने आउन सक्छ’, डा रिजालले भने । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ‘बाह्य तत्त्वले आन्तरिक राजनीति अथवा आन्तरिक राजनीतिक कारणले बाह्य तत्त्व प्रभावित हुन जान्छन् यस्तो अवस्थामा व्यवस्थापन गर्न सकिएन भने आन्तरिक राजनीति मात्र होइन, सम्पूर्ण राष्ट्र नै संकटतिर धकेलिने सम्भावना छ’ भने । 

उनले पूथ्वीनारायण शाहदेखि नै भूराजनीतिका कारण देशको बहुआयमिक कुराहरुमा परेको प्रभावको बारेमा चर्चा गरेका थिए ।

त्यसैगरी अबको दिनमा अर्थतन्त्रमा बिभिन्न संकट आउन सक्ने भन्दै भएका उद्योग तथा कलकारखानाहरुलाई टिकाइरहनु पर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति हिमालय कर्माचार्यले बताए ।

मंगलबार आयोजित अन्तर्क्रिया कार्यक्रममा महासमिति सदस्य पूर्ण प्रसाद गौतम, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव खगेन्द्र देवान, नेपाल महिला संघकी सभापति निर्मला सन्जेल, अलैची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्की लगायतले कार्यक्रममा आफ्नो बिचार व्यक्त गरेका थिए । 

जुमबाट आयोजित अन्तरक्रिया कार्यक्रममा इलाम जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति तथा महाधिवेशन सदस्यहरु तथा गाउँपालिका, नगरपालिकाका निर्वाचित अध्यक्ष तथा सभापतिहरु समेतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ