arrow

समन्वय गरेर मात्र कोरोनाका बिरामी ‘रिफर’गर्न निर्देशन

logo
प्रकाशित २०७७ असार ३ बुधबार
doctor.jpeg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए ।

 उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए । 

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चार वटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा. अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ