arrow

कर्णालीमा दिनहुँ बढ्दै संक्रमित, थपिने र निको हुने क्रम जारी

logo
प्रकाशित २०७७ असार ४ बिहिबार
swab-test-mugu.gif

दुल्लू । कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र संक्रमित भइ  भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ ।  पछिल्लो सयम यहाँ संक्रमित सङ्ख्या बढी देखिएको छ । 

गत मङ्गलबार मात्रै १८४ ले कोरोना जितेर खुशी हुँदै आफ्ना घर फर्किएका छन् भने ९४ जना कोरोना पुष्टि भई उपचारका लागि भर्ना भएका थिए । 
“निको भएर घर जाने र संक्रमित भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या उस्तै दरमा देखिएको छ”, जिल्ला अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भन्छन्’ “जिल्लामा ६३३ कोरोना पुष्टि भएका उपचारका लागि भर्ना छन्, दैनिक  थपिने र  निको भएर जाने क्रम जारी छ ।” गत सोमबारमात्रै ९१ मा कोरोना पुष्टि भएको थियो । 

संक्रमित थपिए पनि निको हुने दर उत्तिकै देख्दा निकै खुशी तुल्याएको र विषेशगरी आयुर्वेदिक उपचार विधिद्वारा उपचार गर्दा बिरामीको  स्वास्थ्यमा  सुधार आएको उनी जानकारी दिन्छन् ।   जिल्ला अस्पतालका अनुसार जिल्लामा गत मङ्गलबारसम्म १८४ जनाले कोरोना जितेर घरमा फर्किसकेका छन् । सबैभन्दा धेरै घर फर्किनेहरुमा नारायण नगरपालिकाका १४५ र दुल्लु नगरपालिकाका ३४ रहेका छन् । 

त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका तीन र गुराँस गाउँपालिकाका दुई जनाले कोरोना जितेर घर फर्किँदा जिल्लामा कोरोना जितेर घरमा फर्किनेको सङ्ख्या १८४ पुगेको छ  । जिल्लाभरि ६३३ कोरोना संक्रमितमध्य १८४ कोरोना जितेर घरमा फर्किसकेका छन् भने बाँकी ४४९ को उपचार भइरहेको जनाइएको छ ।

संक्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । एघार स्थानीय तह रहेको जिल्ला हालसम्म ६३३ कोरोना पुष्टि भएका छन् भने सयौँको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र जुम्लामा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ