arrow

६ दिनअघि बाबुको निधन, किरिया क्वारेन्टाइनमा

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
kiriya-putree.jpeg

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बस्नुभएको छ । 

भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका छन् ।  उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि  निधन भएपछि उनले क्वारेन्टाइनमै किरिया शुरु गरेका हुन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उन दोगडाकेदार  पुगेका थिए ।  

क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे ।  घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए  । 

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

 लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि  पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बसेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ