arrow

सोती घटना : वादीका तर्फबाट ५ सरकारी वकिलको बहस

logo
प्रकाशित २०७७ असार ५ शुक्रबार
courts.jpeg

रुकुमपश्चिम । सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस शुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि शुक्रबारदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु भएको हो । 

सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस शुरु भएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । 

पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिलले बहस गरेका छन् । बाँकी बहस आइतबार हुने स्रेष्तेदार बोहराले बताए । उनका अनुसार आइतबार जाहेरीवालाका तर्फबाट बहसका लागि वकालतनामा पेश गरेका वकिलले बहस गर्ने छन् ।  

वादी र जाहेरीवालाका तर्फका वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्ने उनको भनाइ छ । अहिलेसम्म वादी र जाहेरीवालाका तर्फबाट पाँच सरकारी वकिलसहित १६  र प्रतिवादीका तर्फबाट सात वकिलले बहसका लागि रुकुम अदालतमा वकालतनामा पेश गरेका छन् ।

थुनछेक बहस कुन दिन सकिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नहेको अदालतका स्रेष्तेदार बोहराले बताए । बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।  घटनाको अभियोग लागेका ३४ मध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् । पाँच जना अझै फरार छन् । 

दुई नाबालकलाई भने सोमबार नै मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन रुकुम अदालतले आदेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ