arrow

तीन दिनपछि दुईतर्फी सवारी सञ्चालनमा

logo
प्रकाशित २०७७ असार ६ शनिबार
muglin--road.jpg.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४:१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।  

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो । निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो । 

पहिरोले सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । दुवैतर्फबाट लोडरले पहिरो पन्छाइएको हो । सडकको छेउमा पाइप पन्छाउन बाँकी रहेको भए पनि सहजरुपमा दुईतर्फी आवागमन पुनः सञ्चालन भएको खनालले जानकारी दिए । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए । सडक दुईतर्फी सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ