arrow

डोटी कांग्रेसले थाल्यो क्वारेन्टाइनको निरिक्षण

logo
प्रकाशित २०७७ असार ६ शनिबार
quranine1.jpg

डोटी । नेपाली कांग्रेस डोटीले जिल्लामा रहेका क्वारेन्टाइनहरूको निरिक्षणको थालनी गरेको छ । जिल्ला सभापती प्रदीप देउवाको नेतृत्वको टोलीले निरिक्षण तथा केही राहत सामग्री बितरणको थालनी गरेको हो । यसक्रममा बुधवार दिपायल सिलगढी नगरपालिका-४ मा रहेको कुमालीको माध्यामिक विद्यालयको क्वारेन्टाइनको निरीक्षण गरिएको छ ।’

‘देशमा जताततै क्वारेन्टाइनमा नागरिकहरूले सास्ती भोग्नुपरेको, क्वारेन्टाइन संक्रमणको स्थल बनेको लगायतका समाचार सुनिए,’सभापती देउवाले भने,’त्यसैले डोटीका क्वारेन्टाइनको अवस्था के छ ? भनेर जानकारी लिन पार्टीले निरिक्षण थालेको छ । ‘अब बिस्तारै नमुनाका रूपमा जिल्लाका अन्य स्थानमा रहेका क्वारेन्टाइनको पनि निरिक्षण गरिने उनले बताए । ‘सबैमा त कति सम्भव हुन्छ । नमुनाका रूपमा जिल्लाका सबैजसो स्थानका केही क्वारेन्टाइनमा पुग्छौ । अन्यमा पार्टी संयन्त्रमार्फत सूचना संकलन गर्छौ,’उनले भने ।

क्वारेन्टाइनको अवस्था संगसंगै कोभिड-१९को महामारीको प्रकोप र त्यसले सिर्जना गरेका समस्याहरूबारे पनि समुदायस्तरबाट समस्या अध्ययन गरेर पार्टीले उपयूक्त पहलकदमी गर्ने सभापति देउवाले बताए । उनले भने,’समुदायमा देखिएका समस्या पहिचान गरेर सरकारलाई सुझाव र दवाव दिएर जिम्मेवार बनाउने हाम्रो अभियानको दायित्व हुन्छ । यसबाहेर सकेको सहयोग पनि गर्छौ ।’

क्वारेन्टाइन जाँदा खाजा सामाग्री पनि लिएर जानेगरेको काँग्रेस डोटी क्षेत्र नम्बर-१ का सभापति बिजय खड्काले बताए । बुधवार क्वारेन्टाइन निरिक्षण गर्दा जिल्ला सभापति देउवा, क्षेत्रीय सभापति खड्काका साथै जिल्ला कार्यसमितिका सचिव नारायण जोशी र नेविसंघका नेता दीपेन्द्र सिँह रहेका थिए । त्यस्तै  बिहिवार आदर्श गाउपालिका केही बर्थीङ सेन्टरमा स्वास्थ सामग्री हस्तान्तरण गरेको पार्टी सभापति देउवाले हाम्राकुरालाइ जानकारी दिए। 

शुक्रबार पनि सायल गाउपालिकाको वडा  नम्बर ६ को महाकाली माबि साउन नारामा क्वारेन्टाइनमा साबुन, सर्जिकल माक्स र चाउ चाउचाउ वितरण गरिएको उनले बताए । त्यस्तै शुक्रबार सायल गापाको ४ र ५ वडामा साबुन ,चाउचाउ मास्क लगाएत सामग्री हस्तान्तरण गरिएको ५ का वडा अध्यक्ष गणेश बोगटी जानकारी दिए।

  क्वारेन्टाइन निरिक्षण  तथा राहत वितरणमा  जिल्ला सभापति देउवा, क्षेत्रीय सभापति खड्काका साथै जिल्ला कार्यसमितिका सचिव नारायण जोशी र नेविसंघका नेता दीपेन्द्र सिँह लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ