arrow

१९ महिने बालिकासहित थपिए ५८ संक्रमित, कुन जिल्लामा कति ?

logo
प्रकाशित २०७७ असार ६ शनिबार
covid-test-positive-corona.jpg

कास्की ।गण्डकी प्रदेशका कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बागलुङमा गरी शनिबार ५८ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको पछिल्लो अद्यावधिक विवरण प्रदेश राजधानीसमेत रहेको जिल्ला कास्कीमा दुई, तनहुँमा २५, नवलपुरमा १६, गोरखामा पाँच, बाग्लुङमा आठ तथा म्याग्दी र स्याङ्जामा एक-एक जना संक्रमित थपिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, चितवनको भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणअनुसार नयाँ संक्रमण पुष्टि भएको जनाइएको छ । कास्कीको मादी गाउँपालिकाका ४१ वर्षीय पुरुष र १९ महिनाका बालिका छन् । तनहुँको ऋषिङ गाँउपालिकाका २८, २८, २८, ३७, २०, २३, २७, १९, १, २८, २०, ३३, २३, ३०, १६, २३, २३ २०, २३, २४, २८ ब्यास नगरपालिकाका २४ र २८ तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षीय पुरुष रहेका छन् । 

नवलपुरको बुलिङटार गाउँपालिकाका १७, ३६, ३०, ३७, २२, २०, ४१, ३३, २१, ३८ र २२ वर्षीय पुरुष, बौदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका २५ र ४५ तथा विनयी त्रिवेणी गाउँपालिकाका २१ वर्षका पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुष  छन् । त्यसैगरी गोरखाको भीमसेन गाउँपालिकाका ३६, ३३, २२, ३५ र २८ वर्षका पुरुष, म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुष तथा स्याङ्जाका पालिका नखुलेको २९ वर्षीय पुरुष रहेका छन् । बागलुङको काठेखोला गाउँपालिकाका २३, ३३, ३६, २४, ३४, ३९ र २२ वर्षका पुरुष तथा ३० वर्षीया महिला रहेका छन् । 

नयाँ संक्रमित भारतबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म मुस्ताङबाहेकका १० जिल्लामा संक्रमण देखिएको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा संक्रमितको सङ्ख्या ४३८ पुगेको छ । 

हालसम्म स्याङ्जामा ७६, नवलपुरमा ११५, बागलुङमा ७४, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ६८, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ र मनाङमा एक-एक जना संक्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् । एक जना संक्रमितको भने मृत्यु भएको छ । 

प्रदेशमा हालसम्म आठ हजार ७५१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन(स्वाब) लिइएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ । प्रयोगशलामा अझै एक हजार ४५२ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ