arrow

नेपालमा पछिल्लो २४ घण्टामा ३३१ सङ्क्रमण पुष्टि, सङ्क्रमित ८ हजार ६ सय माथि

logo
रासस,
प्रकाशित २०७७ असार ६ शनिबार
corona-brefing-mohp.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा ३३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ४९ महिला र २८२ पुरुष छन्। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ६०५ पुगेको छ।

कूल सङ्क्रमितमध्ये ७५६ महिला र सात हजार ८४९ पुरुष रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ