arrow

काँग्रेसद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

logo
रासस,
प्रकाशित २०७७ असार ६ शनिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसले नेपाल शिक्षक सङ्घका पुराना एवं अग्रज नेता यदुप्रसाद अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ। एक वर्षदेखि क्यान्सर रोगबाट पीडित अधिकारीको आज भरतपुर महानगरपालिका–८ स्थित आफ्नै निवासमा निधन भएको हो।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। विसं २०१० फागुन १५ गते गोरखाको अजिरकोट गाउँपालिका–३ लप्सिकोटमा उनको जन्म भएको थियो।

विसं २०५२ मा तत्कालीन माओवादीको साङ्घातिक आक्रमणबाट गम्भीर घाइते भएपछि उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचार गरिएको थियो। त्यसपछि उनी गाउँबाट विस्थापित भएका थिए। तत्कालीन समयमा उनी स्थानीय ज्ञानज्योति माविको प्राचार्य थिए र निवृत्त जीवनपश्चात् काँग्रेसको विभिन्न पदमा रहेर काम गर्दै आएको काँग्रेसले जनाएको छ।

स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका एक श्रीमती र तीन छोरा छन्। उनको आजै देवघाटमा अन्त्यष्टि गरिने पार्टी कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ