arrow

तराईमा स्याउ फलाए रमेशले

भन्छन् - तराईमा स्याउ उत्पादन गर्न कुनै कठिनाई छैन्, सरकार अनुदान भन्दा प्रोत्साहन खाँचो छ

logo
नारायण वली,
प्रकाशित २०७७ असार ७ आइतबार
rupandehi-apple.jpg

रुपन्देही । तराईमा स्याउ फल्यो भन्ने कुरा सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्न सक्छ । हिमाली क्षेत्र जहाँ चिसो ठाउँमा मात्रै हुने स्याउ प्रचण्ड गर्मी ठाउँमा फल्दा अचम्म लाग्नु स्वभाविकै हो । तर रुपन्देहीका एक नर्सरी किसानले स्याउ फलाउन सफल भएका छन् ।

विगत २ दशकदेखि विभिन्न जातका विरुवाहरु उत्पाद गर्दै नर्सरी सञ्चालन गरेका किसानले पछिल्लो समय प्रखर गर्मी स्थानमा लो चिलिङ्ग जातको मिलिङ्ग नामक जंगली ग्राफ्टिङ्ग गरेको स्याउ फलाउन सफल भएका हुन् ।

ती किसान हुन् रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम निवासी रमेश पाण्डे । पाण्डेले पहिलो पटक हिमाली क्षेत्रमा पाईने स्याउ लगाएको भएपनि तर फल लगाउन नसकेपछि उनले २०७२ सालमा दोस्रो पटक लो चिलिङ्ग जातको स्याउ लगाएको वताए ।

नर्सरी किसान पाण्डे भन्छन्, स्याउ फलाउने रहर मात्रै नभई सफल परिक्षण पश्चात् यसलाई प्रदेशका जिल्लाहरु लगायत देशैभरी व्यवसायिक खेती गरी नेपाललाई स्याउमा आत्मनिर्भर वनाउने उद्देश्यले आफुले ५ वर्ष अगाडि परिक्षणको लागि स्याउको विरुवा लगाएको वताउँछन् ।

रुपन्देही जस्तो गर्मी ठाउँमा स्याउ फलेको छ भनी सुनेर अहिले स्याउ हेर्न आउनेहरुको संख्या वढ्दै गएको किसान पाण्डे वताउँछन् । लुम्विनी नर्सरी एण्ड गार्डेन नामाकरण गरी नर्सरी उत्पादन गर्दै आएका पाण्डे आफ्नै नर्सरी करिव २ सय प्रजातीका विरुवाहरु कलमी गरी उत्पादन गर्दै आएको जनाएका छन् ।

हाम्राकुरा डटकमसंगको कुराकानीमा उनले अव स्याउ फलाउन नेपालमा कुनै गाह्रो नहुने वताए। उनी भन्छन् राज्यले अनुदान भन्दा प्रोत्साहन र आन्तरिक तथा वाह्य देशका लागि वजार व्यवस्थापनमा जोड दिनुका साथै गुणस्तर कोल्ड स्टोर निर्माणमा सघाउ पुर्‍याएमा स्याउ लगायत गुलाव खेती गरेर (जस्मिन तेल) उत्पादन र कट फ्लोर (गिफ्ट दिने फुल) उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्न सकिनेमा दावी गरे ।

साथै उनले सरकारले हरेक वर्ष कृषि लगानीमा लगानी गर्दै आएको भएपनि सम्वन्धित किसानहरुसंग समन्वय नगर्ने गरेकाले कृषि क्षेत्रको उत्थान हुन नसकेको उनको भनाई छ । कृषि क्रान्तीवाटै देशको समृद्धि हासिल गर्न कुनै वाधा नभएको भन्दै किसान पाण्डेले हजारौं विदेशिएका युवाहरुलाई कृषि क्षेत्रमा लगाउनका लागि कृषिमा प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने औंल्याए । 

यस्तै उनका अनुसार सरकारले उपलब्ध गराउने अनुदान लिन वास्तविक किसानहरुलाई निकै सास्ती हुने र नसक्ने भन्दै, पहुँचको आधारमा मात्रै अनुदान लिनेले अनुदान खाने र व्यवसायिकता नदिने गरेको अनुभव सुनाए। प्रदेश नं. ५का तराईका ३ वटा जिल्लालाई वुद्ध जन्मस्थल पर्यटकिय क्षेत्र र पहाडी ३ वटा जिल्लाहरुलाई पर्यटकिय विश्रामस्थल विभिन्न प्रजातीका फुल गार्डेन पार्क निर्माण गरी वाह्य पर्यटकहरुको आगमान गराई सजिलै विदेशी मुद्रा आर्जन गर्दै देशको अर्थतन्त्र वलियो वनाउन सकिने भावी उद्देश्य वारे प्रकाश पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ