arrow

आइएमएस ग्रुपले अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’ नेपाल भित्रायो

logo
प्रकाशित २०७७ असार ७ आइतबार
dreambaby-ims.jpg

काठमाडौं। बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी आइएमएस ग्रुपले नेपाल भित्राएको छ। यी सामानहरु असार ३ गते बिक्रीबितरण सुरु गरेको छ । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध  भएको जनाएको छ।

ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका कम्पनीको दावी रहेको छ। ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु रहेका छन्।

नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको बालबालिकाको लागि गुणस्तरीय आवश्यक सामाग्री वितरक प्राप्त गर्न पाउँदा आएएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले खुसी भएको बताए।

यस बेबि ब्रान्डले बिश्व स्तरका अवार्डहरू समेत जितेको कम्पनीको दावी रहेको छ। ड्रीमबेबीका सामानहरू सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुने तथा अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १० प्रतिशत छुट दिइनेछ।

थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्ये शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिने बताइएको छ। डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो। यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामान देखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य सामानहरु छन्। अफर यही २०७७ साल असार २१ गते सम्म मात्र मान्यता हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ