arrow

प्रहरी जवानको मृत्यु

logo
प्रकाशित २०७७ असार ७ आइतबार
dead2.jpg

दाङ । दाङमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जीतेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिबबहादुर सिंहका अनुसार तुलसीपुरबाट दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्याक्टरले आइतबार अपराह्न ठक्कर दिएको थियो । 

तुलसीपुर उपमहानगरपालिका वडा नं २ कुमलगढीमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते चौधरीको टाउको र छातीमा चोट लागेको थियो । 

नवलपरासी( बर्दघाट सुस्ता पश्चिम), सोमनाथ निवासी चौधरी आफन्तका घरमा जाने क्रममा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा सवार २२ वर्षीय शर्मिला चौधरीको भने सामान्यावस्था छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ