arrow

५० को लोभ देखाए युवती करणीमा रामप्रसाद र घुस अभियोगमा इन्स्पेक्टर पक्राउ

logo
प्रकाशित २०७७ असार ७ आइतबार
pakrau-jail.jpg

हेटौँडा ।  हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । 

गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी रु ५० को लोभ देखाएर  बलात्कार गरेको आरोपमा  ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको  छ  ।

त्यसैगरि भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आइतबार पक्राउ परेका छन् । 

उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती  प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ