arrow

माइत हिडेकी कमलालाई खोलाले बगायो

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ असार ७ आइतबार
water-kill.jpg

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक महिलाको मृत्यु भएको छ । 

नौगाड गाउँपालिका वडा नम्बर ३ बस्ने ललित सिंह ठगुन्नाकी २५ बर्षीय श्रीमति कमला ठगुन्नाको आइतवार विहान ८ बजे तिर नौगाड खोलाले बगाएर मृत्यु भएको हो ।

आइतबार बिहान भोर्कट्टे माइती घर जान हिडेकी कमलाको नौगाड खोलाले बगाउदा मृत्यु भएको होपरीगाड प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भुवन चन्दले जानकारी दिए । 

उनी करिव ५ सय मिटर तल खोलामा बगेकी थिइन् । शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको प्रहरी निरीक्षक चन्दले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ