arrow

सोती घटना : जाहेरीवालातर्फका वकिलको बहस जारी

logo
प्रकाशित २०७७ असार ७ आइतबार
courts.jpeg

रुकुमपश्चिम । सोती मुद्दामा आइतबार नौ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । 

 जाहेरीवालातर्फका छसात वकिलले अझै बहस गर्न बाँकी रहेको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस शुरु भएको हो । पहिलो दिन वादीका तर्फबाट पाँच सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि जाहेरीवालातर्फका वकिलको बहस आइतबारदेखि शुरु भएको हो ।

 जाहेरीवालाका तर्फबाट वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ ।  उनका अनुसार सोमबार समय भएसम्म जोहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस पनि शुरु हुने छ । सोमबार समय नभए मङ्गलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस हुने छ । प्रतिवादीका तर्फबाट ६ वकिलले बहस गर्ने छन् । मंगलबारसम्म बहस सकिएमा सोही दिन थुनछेक आदेश हुन सक्ने बताइएको छ ।  

छ जनाको ज्यान जानेगरी गत जेठ १० गते  चौरजहारी नगरपालिका– ८ सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले चौरजहारी– ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना विरुद्ध रुकुम अदालतमा मुद्दा दर्ता गराएको छ ।  

तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् । दुई नाबालकलाई अदालतको आदेशानुसार बालसुधार गृहमा पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ