arrow

नेपालको झण्डा जलाउने भारतीय मुस्लिम अतिवादी दलका अध्यक्ष ओबेसीको पुत्ला जलाइयो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ८ सोमबार
obessi-effigi-putla-dahan-s.jpg

काठमाडौं। नेपाल भारत सीमामा विवादकै बीच भारतमा नेपाल मूर्दावाद भन्दै नेपालको झण्डा जलाउने भारतको एक मुस्लिम अतिवादी दलको बिरुद्धमा सप्तरीका यूवाहरुले प्रदर्शन गरेका छन्। 

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा राखेको भन्दै एआइएमआइएम नामक मुस्लिम अतिवादी दलले भारतको उत्तर प्रदेशमा नेपालको झण्डा जलाई नेपाल मुर्दावादको नारा लगाएको थियो। सो कार्यमा ओवेसीको दलका नेता मोहम्मद इर्सार सक्रिय भएका थिए।

नेपाल भारतबीचको सदियौंदेखिको जनस्तरको सम्वन्धलाई विगार्न एआइएमआइएमले सक्रियता देखाएपछि सोको विरोधमा सप्तरीका यूवाहरुले सो दलका अध्यक्ष असदुद्धिन ओवेसीको पुत्ला जलाएका हुन्। उनीहरुले नेपाल आमाको जय, नेपाल जिन्दावाद लगायतका नारा लगाएका थिए। उनीहरुले हालै नेपालले जारी गरेको नक्सा समेत प्रदर्शन गरेका थिए। 

नरसिंह हिन्दु सेना नामक संस्थासँग आवद्ध यूवाहरुले ओवेसीको दलले नेपाल भारतबीचको जनस्तरको सम्वन्ध विगार्न लागिपरेको भन्दै त्यसको कडा बिरोध गरेका थिए। उनीहरुले ओवेसी र उनको दलको झण्डा जलाएका थिए। 

नेपाल भारतबीच चिसिएको सम्वन्धलाई थप विगार्न केहि अतिवादी संगठन नेपाल र भारतमा सक्रिय भएकोको दावी पनि उनीहरुले गरेका थिए। नेपाल भारतबीच सम्वन्ध विगार्ने यसका काममा नेपालका केहि जिम्मेवार व्यक्तिहरुले ओगोमा घ्यू हाल्ने काम गरिरहेको भन्दै त्यस्ता प्रवृतीहरुसँग सतर्क रहन प्रदर्शनकारीहरुले सचेत गराएका थिए।

नेपाल भारतको सम्वन्ध थप तनावपूर्ण बनाउन त्यस्ता संस्थाहरुलाई कतिपय विदेशी एजेन्सीले सहयोग गरेको आरोप पनि प्रदर्शनकारीहरुले लगाएका थिए। 

ओबेसीको दलले नेपालको झण्डा जलाएको विरोधमा पर्सामा जनता समाजवादी दलका मुस्लिम कार्यकर्ताहरुले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएका थिए। भारत र नेपालमा एकैपट मुस्लिम दल र दलका मुस्लिम कार्यकर्ताहरुले एकैपटक नेपाल र भारत बिरोधी गतिविधी गर्नुलाई कतिपयले संयोग मात्र मान्न नभइ यसमा कुनै न कुनै योजना देखिने बिरगंजका स्थानिय शम्भु यादवले बताए।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ