arrow

भारतीय बोर्डर सिल हुदा पनि तस्करी, पुनर्वासमा ठूलो परिणाममा सुर्ती बरामद

logo
प्रकाशित २०७७ असार ८ सोमबार
surti.jpg

पुनर्वास । जिल्लाको दक्षिणी सीमान्त पुनर्वासमा भारतीय बजार बसहीबाट बोर्डर सिल भएकै अबस्थामा सोमबार बिहानै प्रहरीले ठूलो परिणाममा सुर्ती र बिडि बरामद गरेको छ । पुनर्वास स्थित नेपाल-भारत सीमामा ३ वटा सशस्त्र प्रहरीको बिओपी भए पनि चोरीपैठारी नियन्त्रणमा प्रभावकारी पहल नहुँदा सीमा पारीबाट अबैध आयात रोकिएको छैन । 

केही दिन अघि देखि लकडाउन खुकुलो पारिए पनि नेपाल-भारत आवतजावतमा सीमा नाका बन्द भए पनि पुनर्वासमा तस्करी रोकिन सकेको छैन । यहाँ स्थापित सशस्त्र प्रहरीको सीमा नाकामा गस्ती भइ रहे पनि अबैध माल सामानहरुको चोरीपैठारी नियन्त्रणमा आउन सकेको छैन ।  

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको गस्ती टोलिले सोमबार बिहान ३ बजे पुनर्वास नगरपालिका -२ पुरैना बाट ५८० थान सुपर पावर नामको सुर्ती र ४४ पोका बिडि बरामद गरेको प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए । 

सोमबार बिहान बसही बाट ल्याएर कैलालीको अत्तरीया लैजादै गरेको सुर्ती र बिडि सहित पुनपा ४ का खेमराज जोशी र उनले  प्रयोग गरेको से ५ प ४९०४ नम्बरको मोटर साइकल र बेलौरी नगरपालिका २ का जगदिश चौधरी , सनेश चौधरीलाई उनको से ७ प ७२१२ नम्बरको मोटर साइकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिंहले बताए ।

अबैध सुर्ती र बिडि सहित नियन्त्रणमा लिइएका उनिहरुलाई कैलाली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक सिंहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ