arrow

कोभिड–१९ : रसुवाबाहेक सबै जिल्लामा संक्रमण, आजै मात्र ५३५ संक्रमित

logo
प्रकाशित २०७७ असार ८ सोमबार
corona-brefing-mohp.jpg

काठमाडौँ । कोभिड– १९ को संक्रमण सोमबार ५३५ जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा संक्रमण देखिएको बताए ।

नयाँ संक्रमितसँगै संक्रमितको सङ्ख्या नौ हजार ५६१ पुगेको छ । तीमध्ये आठ हजार ६६७ पुरुष र ८९४ महिला रहेका छन् । उनले रसुवाबाहेक ७६ जिल्लामा संक्रमण देखिएको बताए ।

 यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ । 

यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ