arrow

कोरोना नियन्त्रणमा सरकार गम्भीर देखिएन, सवारी पास लिएरै हैरान

logo
प्रकाशित २०७७ असार ९ मंगलबार

काठमाडौं । ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने त नेपाली भनाइ नै रहेको छ । त्यो यतिबेला पनि छर्लङ्गै भएको छ । लकडाउनका बेलामा ठूलाले पाउने सुविधा र सानाले भोग्ने दुःखले गर्दा ‘नेपालका कानुन दैवले जानून्! भन्ने पनि हुने गरेको छ ।

सरकारले चैत ११ गतेदेखि लकडाउन लगाएको छ । तर सवारी साधन चल्न रोकिएका छैनन् । बाहिरबाट काठमाडौं नाका प्रवेश गर्ने क्रममा यदि पक्राउ परिहाले मन्त्रीका फोन गएर वाध्य भएर गाडी छाड्नु परेको प्रहरी अधिकृतहरु बताउँछन् । 

तर कोही प्रहरीहरु भने मोटो रकम खाएरै पनि गाडीहरु वारपार गराइरहेको गुनासोसमेत आउने गरेको छ । 

काठमाडौं जिल्ला प्रशासनको यो पत्र
जोरविजोर गरेपछि सरकारले सवारी पास दिन खारेज गरेको जनाएको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने सूचना निकालेर सवारी पास जारी गर्नेबारे नयाँ नियम बनाएको जनाएको छ । 

पत्रअनुसार काठमाडौंबाट विभिन्न जिल्लामा जान सवारी पास वितरण गरिँदै आएकोमा कार्यालय समय बिहान १० देखि १२ बजेसम्म आवेदन लिने जनाएको छ । 

साथै काठमाडौंबाट बाहिर जिल्ला जाँदा अनिवार्यरुपमा सोही जिल्लाको स्थानीय तहको नियम अनुसारको क्वारेन्टाइनमा बस्ने व्यहोरा जाने ठाउँको स्थानीय निकायबाट प्रमाणित भई आएपछि मात्र पास जारी हुने उल्लेख गरिएको छ । 

त्यस्तै प्रशासनले मृत्यु संस्कारमा जानेको हकमा नियमानुसार निवेदन प्राप्त हुन आएका पास उपलब्ध हुने व्यहोरासमेत जानकारी गराएको छ । 

बाहिर जाँदा यसरी पत्र लेख्ने प्रशासनले बाहिरबाट काठमाडौं आउनेलाई कहाँ राख्छ ? केही पनि गर्दैन । जो जहाँका लागि आएका हुन् ढुक्कसंग जान पाइरहेका छन् । 

ख्यालठट्टा
ख्यालठट्टा बढी भइरहेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ भने मृतक २३ भएका छन् । 

२ हजार १४८ जनामात्र निको भएका छन् । 

सरकारले २ जना मात्र संक्रमित भएका बेलामा लकडाउन लगाए पनि अहिलेसम्म यति धेरै संक्रमित हुँदा झन् खुकुलोमात्र गरेको छैन ख्यालठट्टा नै भएको छ । 

शक्तिको दुरुपयोग गरेर मन्त्रीहरुदेखि उच्च पदस्थ अधिकारीहरु निर्वाध रुपमा सवारीमा हिँड्न आफन्तलाई छुट दिइरहेका छन् । 

लकडाउनका बेलामा पसल पनि खुलेका छन् । रेस्टुरेन्ट पनि खुलेका छन् । गरिब चढ्ने सार्वजनिक यातायात चलेका छैनन् । आफ्ना सवारी हुनेले निर्वाध चलाइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ