arrow

लकडाउनमा भारतबाट आएकाहरुलाई पन्ध्र सय दिने निर्णय

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
nepali-boarder-alapatra.gif

प्रकाश बम । डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले भारतबाट आएकाहरुलाई जनही एक हजार ५ सय दिने निर्णय गरेको छ।  सोमबार बसेको गाउँपालिकाको ५९औँ बैठकले जेठ २२ देखि असार ८ गते सम्म भारतबाट आएका व्यक्तिहरुलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का काराण देश लकडाउन भएपछि भारतबाट नेपाल आउनेहरु  निक्कै मारमा परेका छन् । गाउँपालिकाले जेठ २१ गते सम्म भारतबाट नेपाल फर्केका नेपालीहरुलाई सीमाबाट यातायातको व्यवस्था गरि गाउँपालिका सम्म पुर्‍याएकाे थियो । तर जेठ १२ गतेको मन्त्रिपरिषद्को निर्णय भन्दै  भारतबाट आएका व्यक्तिहरुले स्वयंमले यातायातको व्यवस्था गर्नुपर्ने पत्र स्थानीयतहरुलाई पठाए पछी यातायातको ब्यवस्था गर्न नसकेको पुर्बी चौकी गाउपालिकाका अध्यक्ष दीर्घराज बोगटी जानकारी दिए  । 

सोही अनुसार जेठ २२ गतेबाट असार ८ गते सम्म भारतबाट पूर्वीचौकी गाउँपालिका भित्रिएकाहरुलाई उनीहरुको आर्थिक अवस्थालाई मध्यनजर गरि गाउँपालिकाले जनही १५ सय दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष  बोगटीले जानकारी दिए । 

उनका अनुसार १५ सय मा १० प्रतिशत करकट्टी गरि एक हजार ३ सय ५० रुपैयाँका दरले उपलब्ध गराईने छ । आफै टिकट काटेर ९ सय देखि १ हजारको हाराहारीमा आएको हुन सक्ने  पुर्बी चौकी गाउँ पालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर खड्काले जानकारी दिए। 

उनीहरुको तथ्यांक संकल कार्य भइरहेको समेत खड्काले जानकारी दिए । गाउँ पालिकालिले भारतबाट आएका ६ सय देखि ७ सय जतिलाईयातायातको ब्यवस्थाप गरेको अधिकृत खड्काले जानकारी दिए।

 रोजगारीका लागि छिमेकी मुलुक भारतबाट गाउँ पालिका भित्रिएकाहरुलाईसमान व्यबहार नगरेको  भन्दै पुर्बी चौकी काङ्ग्रेसले जेठ २९ गते ध्यानाकर्षण पत्रका साथै दबाब दिए पछी आफै यातायातको ब्यवस्था गरेर आएकाहरुलाईप्रती ब्यक्ती एक हजार पाँच दिने निर्णय गरेको नेपाली काङ्ग्रेसका नेता राम प्रसाद उपाध्ययले हाम्राकुरालाईजानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ