arrow

दमका रोगी ७० वर्षीय वृद्धले जिते कोरोना

logo
प्रकाशित २०७७ असार ९ मंगलबार
senoir-citizen.jpg

नारायणपुर । कोरोना भाइरस संक्रमणले विश्व नै प्रभावित भइरहेका बेला दाङका एक ७० वर्षीयले कोरोना जितेका छन् । लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका –१ का वृद्ध कोरोना जितेर घर फर्किएका हुन्। 

गत जेठ २० गते भारतबाट आई बंगलाचुली १ स्यूजाको क्वारेन्टिनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उनीसहित दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । नतिजा पोजेटिभ आएपछि उनी कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना  भएका थिए ।

 “कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ